२०८३ कात्तिक १० गते सोमबार

लुम्बिनी प्रदेश सरकारले आगामी आ.व.मा सवारी साधन करको अनुमानित सीमा पठाउने

लुम्बिनी प्रदेश सरकारले आगामी आ.व.मा सवारी साधन करको अनुमानित सीमा पठाउने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १७ गते बुधबार १२:५४

बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ मा स्थानीय तहमा बाँडफाँड हुने सवारी साधन करको अनुमानित सीमा पठाउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रीपरिषद् बैठकले आर्थिक वर्ष २०८२/०८३ मा स्थानीय तहमा बाँडफाँड हुने सवारी...

बुटवल ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ मा स्थानीय तहमा बाँडफाँड हुने सवारी साधन करको अनुमानित सीमा पठाउने निर्णय गरेको छ ।

बुधवार बसेको मन्त्रीपरिषद् बैठकले आर्थिक वर्ष २०८२/०८३ मा स्थानीय तहमा बाँडफाँड हुने सवारी साधन करको अनुमानित सीमा पठाउने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको सचिवहरूको जिम्मेवारी तोक्ने प्रस्तावलाई स्वीकृत गरेको छ । वसन्तप्रसाद कोईरालालाई सामाजिक विकास मन्त्रालय र प्रमोद भट्टराईलाई वन तथा वातावरण मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी तोकिएको छ । बैठकका निर्णयहरू सुनाउँदै लुम्बिनी सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको आर्थिक वर्ष २०८२/०८३ मा स्थानीय तहमा बाँडफाँड हुने सवारी साधन करको अनुमानित सीमा पठाउने प्रस्ताव स्वीकृत गरेको बताए ।

लुम्बिनी प्रदेश सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

प्रकाशित मिति २०८२ वैशाख १७ गते बुधबार १२:५४
हजुरको प्रतिक्रिया