२०८३ असोज २३ गते शुक्रबार

हिमाल र हिमनदि समेतलाई जोडर प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न आवश्यकः काँग्रेस सांसद थापा

हिमाल र हिमनदि समेतलाई जोडर प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न आवश्यकः काँग्रेस सांसद थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २५ गते बिहीबार ०३:२६

पोखरा । नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले मनसुनसँगै हिमाल र हिमनदि समेतलाई जोडर प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो बताएका...

पोखरा ।

नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले मनसुनसँगै हिमाल र हिमनदि समेतलाई जोडर प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले रसुवाको भोटेकोशीमा आएको बाढीको क्षतिले नेपालको पूर्वसूचना प्रणाली, उद्धार क्षमाता र पूर्वाधार निर्माणको मोडलमाथि नै प्रश्न खडा गरेको पनि बताए ।

उनले विपद्का कारण परिवारजन गुमाउने, बेपत्ता हुने तथा कठिन अवस्थामा जीवन बिताउन बाध्य नागरिकको संख्या ठूलो रहेको रहेको भन्दै उनीहरुको आधारभूत आवश्यकता सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने समेत बताए ।

उनले रसुवा बाढीको कारण मुलुकको अर्थतन्त्रमा समेत गम्भीर असर परेको कारण अन्तर्राष्ट्रिय सहयोगको लागि पनि अपिल गरे । सांसद थापाले विपद्बाट विस्थापित नागरिक र परिवारको पक्षमा राज्यले तत्काल दृढतापूर्वक उभिनुपर्नेमा जोड दिए ।

उनल भने, ‘आज नेपालको पूर्वाधार, विपद् पूर्वाधार, पूर्वसूचना, उद्धार क्षमाता र पुनःनिर्माण प्रणालीमाथि पनि ठूलो प्रश्न उठेको छ । अब हामीले वर्षा मात्र होइन हिमाल र हिमनदिलाई समेत जोडेर पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने आवश्यकता रहेको छ । परिवारले आफ्ना परिवारजन गुमाएका छन् । हजारौँ बेपत्ता छन् । कतिपयको जीवन कठिन अवस्थामा छन् । घर, सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था खानेपानीमा भएको क्षतिले मुलुकको अर्थतन्त्रमा ठूलो क्षति पुर्याएको छ । यस सदनले सर्वप्रथम विपत्तीबाट विस्थापित नागरिक र परिवारको पक्षमा दृढतापूर्वक उभिनुपर्छ । तत्कालीक प्राथमिकतामा राहत, उद्धार, सुरक्षित आवास, खाद्यान्न, खानेपानी र स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्छ ।’

बाढीपीडित नागरिकलाई तत्काल राहत तथा उद्धारसँगै सुरक्षित आवास, खाद्यान्न, खानेपानी र स्वास्थ्य सेवाको व्यवस्था सरकारको प्राथमिकतामा हुनुपर्ने समेत बताए ।

प्रकाशित मिति २०८३ भदौ २५ गते बिहीबार ०३:२६
हजुरको प्रतिक्रिया