२०८३ असोज २३ गते शुक्रबार

संघीय सरकारले स्थानीय र प्रदेश सरकारहरुलाई दलगत दृष्टिकोणले हेर्दा प्रभावकारी समन्वय हुन सकेनः झाँक्री

संघीय सरकारले स्थानीय र प्रदेश सरकारहरुलाई दलगत दृष्टिकोणले हेर्दा प्रभावकारी समन्वय हुन सकेनः झाँक्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २५ गते बिहीबार ०३:४१

पोखरा । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले संघीय सरकारले स्थानीय र प्रदेश सरकारहरुलाई दलगत दृष्टिकोणले हेर्दा प्रभावकारी समन्वय हुन नसकेको बताएकी छिन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्...

पोखरा ।

नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले संघीय सरकारले स्थानीय र प्रदेश सरकारहरुलाई दलगत दृष्टिकोणले हेर्दा प्रभावकारी समन्वय हुन नसकेको बताएकी छिन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले रसुवाको भोटेकोशी बाढीपछि विपद् व्यवस्थापनमा सरकार सामाजिक सञ्जालमा मात्र सीमित नभई प्रत्यक्ष रूपमा देखिने गरी काम गर्नुपर्ने बताइन् ।

उनले खोज र उद्धारसँगै राहत र पुनर्निमाणमा समेत प्रभावकारी काम गर्नुपर्ने बताइन् । उनले सरकार सामाजिक सञ्जालमार्फत नागरिकमा भ्रम छर्ने कार्य गरिरहेकोप्रति आपत्ति पनि जनाइन् ।

फरक प्रसंगमा बोल्दै उनले गत वर्षको २४ भदौको ध्वंसको जिम्मेवारी कसले लिने हो ? भन्दै प्रश्न गरिन् ।

उनले जेनजी आन्दोलन हाइज्याक गरेर राष्ट्रिय झण्डा काँधमा हालेर देश जलाउने अपराधीहरुमाथि कारबाही गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, ‘सरकार सामाजिक सञ्जालमा क्रियाशील छ । एआईले पुल बनाइदिन्छ । कृष्णभीरको बाटो पनि एआईले बनाइदिसक्यो । कन्टेन्ट क्रियटरहरुले बनाइरहेका छन् । तर सरकार सोसियल मिडियामा चलाएर हुने रैनछ । यहाँ युवा मन्त्री हुनुहुन्छ । विज्ञानमन्त्रीको त के कुरा गर्ने उहाँले त बाँदर लखेट्ने प्रविधि नै छैन भन्नुहुन्छ । यो सबै कुराबाट सिकेर अब सरकार भिजिबल हुनुपर्छ । अब सर्च एण्ड रेस्क्युपछि राहत र पुनर्निमाणको काम पनि छ । अब सरकारले डिएनए परीक्षण सार्वजनिक गर्दै सास नभए लास पनि बुझाउनुपनेृ बेला भएको छ । सरकारको लागि मृत्यु एक संख्या भएपनि आफन्तको लागि प्रियजन हुन् । आज स्थानीय तह र प्रदेश सरकारले यति धेरै कामहरु गरिरहनुभएको छ । तर तपाईंहरुले समन्वय गरिरहनुभएको छैन । सरकार सरकारबीच समन्वय गर्नुहोस्, दल नहेर्नुस् । विपद्मा दल हेर्नु हुँदैन । तर यहाँ समन्वयको अभाव देखिन्छ ।’

उनले सरकारले राजनीतिक दल र प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक समन्वय गर्न नसकेको बताइन् ।

प्रकाशित मिति २०८३ भदौ २५ गते बिहीबार ०३:४१
हजुरको प्रतिक्रिया