२०८३ असोज २३ गते शुक्रबार

महिला टिम काताको पदक भिडन्तमा नेपाल असफल

महिला टिम काताको पदक भिडन्तमा नेपाल असफल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज ६ गते मंगलबार १२:२५

पोखरा । नेपाली महिला कराते टिम काता टोली जापानमा जारी २० औं एशियाली खेलकुदमा कांस्य पदकको प्रतिष्पर्धामा असफल भएको छ । नेपाली महिला काता टोलीले एसियाली खेलकुदमा पहिलोपटक प्रतिष्पर्धा गरे पनि सफलता पाउन सकेन । तोयोहाशी जिम्नेसियममा...

पोखरा ।

नेपाली महिला कराते टिम काता टोली जापानमा जारी २० औं एशियाली खेलकुदमा कांस्य पदकको प्रतिष्पर्धामा असफल भएको छ ।

नेपाली महिला काता टोलीले एसियाली खेलकुदमा पहिलोपटक प्रतिष्पर्धा गरे पनि सफलता पाउन सकेन ।

तोयोहाशी जिम्नेसियममा मंगलबार सम्पन्न आइची÷नागोया २०२६ मा निराशाजनक प्रदर्शनसँगै करातेमा नेपालको आशामा निराशाजनक प्रदर्शन भएको छ ।

काँस्य पदकको प्रतिष्पर्धामा सानुमाया थिङ, एलिशा रासकोटी मगर र मेघा लिम्बू सम्मिलित नेपाली महिला टिम काताको टोली चाइनिज ताइपेइसँग ५–० ले पराजित हुन पुग्यो ।

नेपाली टोलीले क्वार्टरफाइनलमा भियतनामसँग पनि ५–० को हार व्यहोरेको थियो । भियतनाम फाइनलमा पुगेपछि नेपालले रिपाचेजमार्पmत कांस्यका लागि प्रतिष्पर्धा पाएको हो । यससँगै कातामा नेपालको चुनौती समाप्त भएको छ ।

कातामा दुई र कुमुतेमा नेपालले पाँच तौलसमूहमा प्रतिस्पर्धा गरेको थियो । यसअघि महिला एकल काता सानुमाया थिङले प्रतिस्पर्धा गरेकी थिइन् ।

उक्त स्पर्धामा सानुमाया दक्षिण कोरियाकी चोइ हाइउनसँग ५–० कै नतिजामा पराजित भएकी थिइन् ।

गत संस्करण ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङ, मीनबहादुर तामाङ र राकेश मानन्धर पनि कांस्य पदकको प्रतिस्पर्धामा चुकेका थिए । नेपाली कराते टोली चौथोपल्ट पदक भिडन्तमा असफल भएको छ ।

प्रकाशित मिति २०८३ असोज ६ गते मंगलबार १२:२५
हजुरको प्रतिक्रिया