२०८३ असोज २३ गते शुक्रबार

सीप मार्फत सशक्तीकरणसहित आयआर्जनका सन्दर्भमा नेष्टको भुमिका उल्लेखनीय : लिलाधर पौडेल 

सीप मार्फत सशक्तीकरणसहित आयआर्जनका सन्दर्भमा नेष्टको भुमिका उल्लेखनीय : लिलाधर पौडेल 

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज १७ गते शनिबार ०२:५६

उनले समाजका सीमान्तकृत, पछाडी परेका समुदायलाई थप ध्यानसहित आय आर्जनका कार्यक्रम संचालन गर्न आग्रह गरे । यसले अवसरहरूको पहिचान र स्वरोजगारको निर्माणका लागि महत्त्वपूर्ण हुने उनले उल्लेख गरे ।

पोखरा ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सीप मार्फत सशक्तीकरण सहित आयआर्जनका सन्दर्भमा नेष्टको भुमिका उल्लेखनीय रहेको बताएका छन् ।

सीप हस्तान्तरणद्वारा सशक्तीकरण (नेष्ट)को २४ औं आज पोखरामा सम्पन्न वार्षिक साधारण सभा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।

उनले समाजका सीमान्तकृत, पछाडी परेका समुदायलाई थप ध्यानसहित आय आर्जनका कार्यक्रम संचालन गर्न आग्रह गरे । यसले अवसरहरूको पहिचान र स्वरोजगारको निर्माणका लागि महत्त्वपूर्ण हुने उनले उल्लेख गरे ।

कार्यक्रममा रुपान्तरण महिला समूह पोखरा १५ का अध्यक्ष बेलमाया गुरुङ, पोखरा महानगर पालिका वडा न १५ का अध्यक्ष तोरण बहादुर बानियाँ, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबू तिवारीलगाएतले आ–आप्ना धारणा राखेका थिए ।

साधारण सभाको अवसरमा संस्थाका कर्मचारीहरू कार्यक्रम प्रबन्धक हरि प्रसाद लुइँटेल, लेखा तथा प्रशासन सहायक मुना मजाकोटी र कार्यालय सहायक मनु जि.सिलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति २०८३ असोज १७ गते शनिबार ०२:५६
हजुरको प्रतिक्रिया