२०८३ असोज २३ गते शुक्रबार

डाः निरञ्जन कोइरालासहित ३१ नेपाली वैज्ञानिक विश्वका शीर्ष २ प्रतिशतको सूचीमा

डाः निरञ्जन कोइरालासहित ३१ नेपाली वैज्ञानिक विश्वका शीर्ष २ प्रतिशतको सूचीमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज २३ गते शुक्रबार ०६:१९

पोखरा । पोखराका युवा वैज्ञानिक डाः निरञ्जन कोइरालासहित ३१ जना नेपाली वैज्ञानिक विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको प्रतिष्ठित सूचीमा पर्न सफल भएका छन्। यस उपलब्धिले अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धानको क्षेत्रमा नेपाली...

पोखरा ।
पोखराका युवा वैज्ञानिक डाः निरञ्जन कोइरालासहित ३१ जना नेपाली वैज्ञानिक विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको प्रतिष्ठित सूचीमा पर्न सफल भएका छन्। यस उपलब्धिले अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धानको क्षेत्रमा नेपाली वैज्ञानिकहरूको योगदानलाई थप उजागर गरेको छ।
अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयले एल्सेभियरसँगको सहकार्यमा तयार पार्ने यस वार्षिक सूचीमा वैज्ञानिकहरूको अनुसन्धान प्रकाशन, साइटेसन तथा अनुसन्धानको प्रभावका आधारमा मूल्याङ्कन गरिन्छ। स्कोपस डाटाबेसमा आधारित उक्त सूचीमा नेपाली वैज्ञानिकहरू समेटिनुले नेपालको अनुसन्धान तथा वैज्ञानिक क्षमताको अन्तर्राष्ट्रिय पहिचानलाई थप बलियो बनाएको छ।
उपलब्ध विवरणअनुसार विश्वव्यापी सूचीमा अमेरिकाका ७३ हजार ६३८ र चीनका ३७ हजार २०३ वैज्ञानिक समावेश भएका छन्। त्यस्तै, दक्षिण एसियाली मुलुकमध्ये भारतका ६ हजार ९५३, पाकिस्तानका १ हजार ३४ र बंगलादेशका ३४७ वैज्ञानिक सूचीमा परेका छन्।

नेपालका ३१ जना वैज्ञानिकले उक्त सूचीमा स्थान बनाउन सफल हुनुले सीमित स्रोतसाधनका बीच पनि नेपाली अनुसन्धानकर्ताहरूले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय योगदान पुर्‍याइरहेको देखाउँछ। यद्यपि, वैज्ञानिक अनुसन्धानलाई थप प्रभावकारी बनाउन सरकार, शैक्षिक संस्था तथा निजी क्षेत्रबाट पर्याप्त आर्थिक लगानी, आधुनिक प्रविधि र अनुसन्धानमैत्री वातावरण निर्माण गर्न आवश्यक छ। वैज्ञानिक अनुसन्धान, प्रविधि र नवप्रवर्तनको विकासले देशको समग्र प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता उपलब्धिलाई प्रोत्साहन गर्नु आवश्यक देखिन्छ।

प्रकाशित मिति २०८३ असोज २३ गते शुक्रबार ०६:१९
हजुरको प्रतिक्रिया