२०८३ कात्तिक १० गते सोमबार

कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक ९ गते आइतबार ०४:००

बडादशैँको समापनको दिन कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुखले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा उपस्थित भएर पूजाअर्चना तथा दर्शन गर्ने लामो ऐतिहासिक एवं सांस्कृतिक परम्परा रहिआएको छ । सोही परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति पौडेल अपरान्ह भक्तपुर पुगेका हुन् ।

काठमाडौँ ।

बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले आईतबार भक्तपुरस्थित ऐतिहासिक तथा प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगी विधिपूर्वक पूजाअर्चना गरेका छन् ।

प्रथम महिला सविता पौडेलसहित मन्दिर पुग्नुभएका राष्ट्रपतिले नवदुर्गा भवानीको दर्शन गर्नुका साथै ऐतिहासिक तलेजु मन्दिरबाट ल्याइएको प्रसाद र टीका ग्रहण गरेका हुन् ।

बडादशैँको समापनको दिन कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुखले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा उपस्थित भएर पूजाअर्चना तथा दर्शन गर्ने लामो ऐतिहासिक एवं सांस्कृतिक परम्परा रहिआएको छ । सोही परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति पौडेल अपरान्ह भक्तपुर पुगेका हुन् ।

मन्दिर परिसरमा पुग्दा उनलाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू, भक्तपुर जिल्ला सुरक्षा समितिका अधिकारीहरू, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणले भव्य स्वागत गरेका थिए ।

पूजाअर्चनाको अवसरमा मन्दिर परिसरमा परम्परागत नवदुर्गा नाच तथा सांस्कृतिक नृत्यसमेत प्रश्तुत गरिएको थियो ।

राष्ट्रपति पौडेलले व्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली लगायत नवदेवी देवगणका मूर्तिहरूको विशेष अवलोकन तथा दर्शन गरेका थिए ।

सो क्रममा उनले नवदुर्गाका पुजारी, मूल नाइके तथा देवगणहरूलाई परम्परागत दक्षिणा प्रदान गरेका थिए ।

त्यसैगरी मन्दिरका मूल नाइकेले राष्ट्रपति पौडेललाई ऐतिहासिक तलेजु भवानीको मन्दिरबाट ल्याइएको जमरा, रातो टीका तथा विशेष प्रसाद प्रदान गरेक थिए ।

प्रकाशित मिति २०८३ कात्तिक ९ गते आइतबार ०४:००
हजुरको प्रतिक्रिया