२०८३ कात्तिक १० गते सोमबार

१५औँ महाधिवेशनबाट निर्वाचित कांग्रेसका केन्द्रीय पदाधिकारी र सदस्यको शपथ बिहीबार

१५औँ महाधिवेशनबाट निर्वाचित कांग्रेसका केन्द्रीय पदाधिकारी र सदस्यको शपथ बिहीबार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक १० गते सोमबार ०२:३६

१५औं महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले फूलपातीका दिन गएको असोज ३१ गते शपथ ग्रहण र पदबहाली गरेका थिए भने बाँकी पदाधिकारी र सदस्यहरूको शपथ कार्यक्रम बाँकी छ ।

पोखरा ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ ग्रहण आउँदो बिहीबार कात्तिक १२ गते हुने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले दिएको जानकारीअनुसार कात्तिक १२ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बीपी नगरमा आयोजना हुने समारोहमा शपथ दिलाइने छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी दिए ।

१५औं महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले फूलपातीका दिन गएको असोज ३१ गते शपथ ग्रहण र पदबहाली गरेका थिए भने बाँकी पदाधिकारी र सदस्यहरूको शपथ कार्यक्रम बाँकी छ ।

प्रकाशित मिति २०८३ कात्तिक १० गते सोमबार ०२:३६
हजुरको प्रतिक्रिया