पोखरा ।
नेपालीहरुको महान् पर्व बडादशैँको सांस्कृतिक रौनकलाई पर्यटनसँग जोड्दै पोखरामा आज ‘दशैँ पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३’ भएको छ ।
महिला पर्यटन व्यवसायी मञ्च ओटेफले आयोजनामा आयोजित मेलाको एक कार्यक्रमका बीच पोखराका मेयर धनराज आचार्उले उद्घाटन गरे ।
मेयर आचार्यले विदेश पर्यटकलाई टिका जमरा लगाइदिएर शुभकामना पनि दिएका थिए ।

मेयर आचार्यले यस्तो कार्यक्रमले विदेशी पर्यटकहरु मार्फत नेपालको चाडपर्वको प्रचार प्रसार हुने बताए ।

गृहलक्ष्मी ग्यासको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा भएको महोत्सवले नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको महत्वलाई स्वदेशी तथा विदेशी पर्यटक माझ पु¥याउने लक्ष्य राखेको ओटेफकी अध्यक्ष ममता न्यौपानेले बताइन ।
‘टीका, जमरा र चङ्गा चेटः पोखरामा पर्यटकसँग दशैँभेट’ भन्ने मूल नाराका साथ आयोजना भएको महोत्सव पोखरामा दशैँलाई पर्यटनसँग जोड्ने नयाँ प्रयासका रूपमा अघि सारिएको उनले बताइन ।
महोत्सव अघि लेकसाइडको हल्लनचोकबाट विभिन्न सांस्कृतिक झाँकीसहितको ¥याली निकालिएको थियो ।
¥याली सेन्टर प्वाइन्ट र बाराही चोक हुँदै महोत्सवस्थलमा पुगेर उद्घाटन समारोहमा परिणत भएको महोत्व संयोजक एव ओटफकी निवर्तमान अध्यक्ष उमा भण्डारीले जानकारी दिइन ।
प्रकाशित मिति २०८३ कात्तिक ९ गते आइतबार ०४:२५




