२०८३ साउन २१ गते बिहीबार

एमाले कास्की अधिवेशनः अध्यक्षमा बैरागी र गुरुङको चर्चा

एमाले कास्की अधिवेशनः अध्यक्षमा बैरागी र गुरुङको चर्चा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २३ गते शुक्रबार ०२:१९

 पोखरा । नेकपा (एमाले)ले आज देशभर जिल्ला अधिवेशन गर्दैछ । प्रतिकूल मौसमका कारण केही हिमाली जिल्ला र तयारी नपुगेका बाहेक जिल्लामा भने अधिवेशनको अर्को मितिमा तय हुनेछ । कास्कीमा पनि एमाले अधिवेशनले माहोल तातिरहेको छ । धेरैले विभिन्न...

 पोखरा । नेकपा (एमाले)ले आज देशभर जिल्ला अधिवेशन गर्दैछ । प्रतिकूल मौसमका कारण केही हिमाली जिल्ला र तयारी नपुगेका बाहेक जिल्लामा भने अधिवेशनको अर्को मितिमा तय हुनेछ । कास्कीमा पनि एमाले अधिवेशनले माहोल तातिरहेको छ । धेरैले विभिन्न पदाधिकारीमा आकांक्षा व्यक्त गरिरहेका छन् । पार्टीले सर्वसम्मत गराउन सर्कुलर जारी गरेको छ ।

कास्की अध्यक्षमा ५ जनाले आकांक्षा व्यक्त गरेपनि दामोदर बैरागी र मनबहादुर गुरुङको चर्चा चलेको छ । आकांक्षी जति जना भएपनि कडा प्रतिस्पर्धीको रुपमा बैरागी र गुरुङ उत्रिएका कार्यकता बताउँछन् । वैरागी मदजुरबाट आएका नेता हुन् । दुई कार्यकाल कास्कीको सचिवमा रहेर काम गरिसकेकाले उनी कार्यकर्तामा प्रिय मानिन्छन् । एक महिनाअघि कार्यवाहक अध्यक्ष बनेका मनबहादुर गुरुङ एक कार्यकाल पूर्ण अध्यक्ष बन्ने तयारीमा छन् ।

वैरागी स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारी निकटका हुन् भने गुरुङ पूर्व मुख्यमन्त्री तथा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट छन् । कास्कीमा अधिकारी र गुरुङको गुट हाबी छ । नेताहरू भने छलफलमा छन् । दुवै आकांक्षीले आफ्नो दावी नछोडे चुनाव हुने पक्का छ ।

वैरागी टिमबाट सचिवमा बैनबहादुर अधिकारीको नाम सुनिएको छ भने गुरुङ गुटमा तेजनारायण अधिकारी र माधव बास्तोलाको चर्चा छ । त्यस्तै कुनै प्यानलमा नखुलेका झपट रानाभाटले सचिवमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

त्यसैगरि उपाध्यक्षमा वैरागी टिमबाट प्रभा कोइरालाको चर्चा सुनिएको छ भने गुरुङ टिमबाट विष्णु केसी आउने सम्भावना रहेको श्रोतले जनाएको छ ।

उपसचिवमा वैरागी टिमबाट नबराज ओझा र दर्शन लामाको नाम चर्चामा छभने गुरुङको टिमबाट इमानराज पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

एमालेको जिल्ला अधिवेशनमा सवा ९ सय प्रतिनिधि छानिएका छन् । ७२ वडा र जनवर्गीय संगठनबाट ९ सय १४ जना प्रतिनिधिले मताधिकार पाएका एमालेले जनाएको छ । ७२ वटा वडा, विशेष इलाका मातहतका शाखा कमिटी, गाउँपालिका, महानगरपालिका, जनवर्गीय संगठनबाट छानिएका प्रतिनिधि, सल्लाहकार परिषद्, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरू अधिवेशनमा प्रतिनिधिका रूपमा उपस्थित हुनेछन् । अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १० वटा उपसमितिहरू गठन भएका छन् ।

प्रकाशित मिति २०७८ पुस २३ गते शुक्रबार ०२:१९
हजुरको प्रतिक्रिया