२०८३ मंसिर ९ गते मंगलबार

आइतबारको बेमौसमी वर्षाले पोखरामा काटेको धान खेतमै भिज्यो

आइतबारको बेमौसमी वर्षाले पोखरामा काटेको धान खेतमै भिज्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर १ गते सोमबार १२:२०

पोखरा–१३ आर्वाका श्रीराम सिग्देलका अनुसार कसेरी र सनुपदेली फाँटमा शनिबार र आइतबार काटेर राखेको धान पूरै पानीमा डुब्यो । त्यस क्षेत्रका झण्डै ७५ प्रतिशत किसानले शनिबार र आइतबार धान काटेका थिए ।

पोखरा ।

हिजो बेलुका परेको बेमौसमी वर्षाले धान भित्र्याउने तयारीमा रहेका पोखराका किसानलाई समस्यामा पारेको छ ।

काटेर खेतमा सुकाउन राखिएको धान हिजो आइतबारको वर्षाले भिजाएको छ ।

पोखरा–१३ आर्वाका श्रीराम सिग्देलका अनुसार कसेरी र सनुपदेली फाँटमा शनिबार र आइतबार काटेर राखेको धान पूरै पानीमा डुब्यो । त्यस क्षेत्रका झण्डै ७५ प्रतिशत किसानले शनिबार र आइतबार धान काटेका थिए ।

बेमौसमी वर्षाका कारण विभिन्न ठाउँमा काटेर राखिएको धान भिजेको जानकारीमा आएको पोखरा महानगरपालिकाको कृषि तथा आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाल बताए ।

अगौटे धान अधिकांश किसानले थन्काइसके पनि जेठोबुढो धान भित्र्याउने समयमा वर्षा हुँदा समस्या भएको उनले बताए ।

प्रकाशित मिति २०८३ मंसिर १ गते सोमबार १२:२०
हजुरको प्रतिक्रिया