२०८३ मंसिर ९ गते मंगलबार

मधेशको मुख्यमन्त्रीमा जसपा नेपालका यादव नियुक्त

मधेशको मुख्यमन्त्रीमा जसपा नेपालका यादव नियुक्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर ६ गते शनिबार ०३:३९

पोखराः मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै यादवलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम...

पोखराः
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै यादवलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको जनाएको छ ।
यसअघि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । त्यसका लागि मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्मको समय दिइएको थियो ।
तर, तोकिएको समयभित्र कुनै पनि दलले दाबी पेस नगरेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपा नेपालका संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् । यादव यसअघि मधेश प्रदेशको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्रीसमेत बनेका थिए ।

प्रकाशित मिति २०८३ मंसिर ६ गते शनिबार ०३:३९
हजुरको प्रतिक्रिया