२०८३ कात्तिक ११ गते मंगलबार

कास्कीमा आज ११५ जनामा संक्रमण, सतर्कता अपनाउन आग्रह

कास्कीमा आज ११५ जनामा संक्रमण, सतर्कता अपनाउन आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २९ गते बिहीबार ०५:०६

पोखरा । कास्की जिल्लामा आज (बिहीबार) १ सय १५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जसमा ५७ जना पुरुष र ५८ जना महिला रहेका छन् । त्यस्तै गण्डकी प्रदेशभित्रका जिल्ला म्याग्दीमा ३, पर्वतमा १, लमजुङमा २, तनहुँमा ५, बागलुङमा ६, स्याङ्जामा...

पोखरा । कास्की जिल्लामा आज (बिहीबार) १ सय १५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जसमा ५७ जना पुरुष र ५८ जना महिला रहेका छन् ।

त्यस्तै गण्डकी प्रदेशभित्रका जिल्ला म्याग्दीमा ३, पर्वतमा १, लमजुङमा २, तनहुँमा ५, बागलुङमा ६, स्याङ्जामा ३ र नवलपुरमा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । आजमात्रै गण्डकी प्रदेशमा कुल १ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ ।

कोभिड संक्रमण बढिरहेकाले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न र सजगता अपनाउन स्वास्थ्य निर्देशनालयले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति २०७८ पुस २९ गते बिहीबार ०५:०६
हजुरको प्रतिक्रिया