२०८३ साउन २१ गते बिहीबार

कास्कीका १८६ सहित गण्डकीमा ३७८ जनामा कोभिड संक्रमण

कास्कीका १८६ सहित गण्डकीमा ३७८ जनामा कोभिड संक्रमण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ माघ ३ गते सोमबार ०४:१२

 पोखरा । कास्की जिल्लामा आज (सोमबार) १ सय ८६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । त्यस्तै गण्डकी प्रदेशभित्रका जिल्ला म्याग्दीमा २, गोरखामा ४५, मुस्ताङमा १, पर्वतमा ३, लमजुङमा ४, तनहुँमा ३१, बागलुङमा ९, स्याङ्जामा ६३ र नवलपुरमा ३४...

 पोखरा । कास्की जिल्लामा आज (सोमबार) १ सय ८६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गण्डकी प्रदेशभित्रका जिल्ला म्याग्दीमा २, गोरखामा ४५, मुस्ताङमा १, पर्वतमा ३, लमजुङमा ४, तनहुँमा ३१, बागलुङमा ९, स्याङ्जामा ६३ र नवलपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । आजमात्रै गण्डकी प्रदेशमा कुल ३ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ ।

कोभिड संक्रमण बढिरहेकाले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न र सजगता अपनाउन स्वास्थ्य निर्देशनालयले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति २०७८ माघ ३ गते सोमबार ०४:१२
हजुरको प्रतिक्रिया