२०८३ साउन २१ गते बिहीबार

बायर्नलाई सुपर कपको उपाधि

बायर्नलाई सुपर कपको उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ९ गते शुक्रबार ०८:५७

बायर्न म्युनिखले यूईएफए सुपरकपको उपाधि हात पारेकाे छ । युरोपा लिग विजेता सेभियामाथि संघर्षपूर्ण जीत निकाल्दै च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखले यूईएफए सुपरकपको उपाधिमाथि कब्जा जमाएको हाे । पहिलोपटक फ्यानहरुलाई मैदान...

बायर्न म्युनिखले यूईएफए सुपरकपको उपाधि हात पारेकाे छ । युरोपा लिग विजेता सेभियामाथि संघर्षपूर्ण जीत निकाल्दै च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखले यूईएफए सुपरकपको उपाधिमाथि कब्जा जमाएको हाे ।

पहिलोपटक फ्यानहरुलाई मैदान प्रवेश गर्ने अनुमति दिइएको खेलमा १५, १८० दर्शकसामु बायर्नले २–१ को जीत हासिल गर्न सफल रह्याे।

खेलमा अग्रता लिएकाे सेभियाले अग्रता जाेगाउन नसक्दा हारकाे सामना गर्नुपर्याे । इभान र्याकिटिचलाई लडाएपछि पाएको पेनाल्टीलाई लुकास ओकाम्पोसले गोलमा परिणत गर्दै खेलको १३ औँ मिनेटमा नै सेभियालाई अग्रता दिलाए ।

पहिलो हाफ सकिनअघि रोबर्ट लेवान्डोस्कीको पासमा लियोन गोर्टेज्काले खेल बराबरी गरे । त्यसपछि बायर्नले अर्को गोलका लागि निकै संघर्ष गर्न पर्यो ।

१०४ मिनेटमा ह्याभी मार्टिनेजले अन्ततः गोल गर्दै बायर्नलाई जीत दिलाए । बायर्न पछिल्लो पटक सन् २०१९ को डिसेम्बरमा पराजित भएको थियो । योसँगै सेभियाको २१ खेलको अपराजित यात्रालाई अन्त्य गर्दै बायर्नले सबै प्रतियोगितामा ३२ खेलको आफ्नो अपराजित यात्रालाई भने जारी राखेको छ ।

प्रकाशित मिति २०७७ असोज ९ गते शुक्रबार ०८:५७
हजुरको प्रतिक्रिया