२०८३ साउन २१ गते बिहीबार

कास्कीका ३६५ सहित गण्डकीमा ७०३ जनामा कोरोना संक्रमण पुष्टि

कास्कीका ३६५ सहित गण्डकीमा ७०३ जनामा कोरोना संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ माघ ५ गते बुधबार ०४:४५

पछिल्लो २४ घण्टामा गण्डकीका थप ७०३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३०१ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट...

पछिल्लो २४ घण्टामा गण्डकीका थप ७०३ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३०१ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

बुधबार संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३६५ जना, तनहुँका ८३ जना, गोरखाका ५८ जना, लमजुङका ३० जना र नवलपुरका ४६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ८५ जना, पर्वतका पाँच जना, बाग्लुङका ११ जना, म्याग्दीका १९ जना र मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९१ हजार ३५८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८७ हजार १४५ पुगेको छ। भने, अहिले प्रदेशभर २७८४ सक्रिय संक्रमित छन् ।

बुधबार गण्डकीमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका -६ निवासी ८७ वर्षीय वृद्ध छन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४२९ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति २०७८ माघ ५ गते बुधबार ०४:४५
हजुरको प्रतिक्रिया