२०८३ साउन २१ गते बिहीबार

प्रविण र समिक्षाले ‘नबोली नबोली’ के गरे ?

प्रविण र समिक्षाले ‘नबोली नबोली’ के गरे ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ९ गते शुक्रबार ०९:०६

नेपाल आइडलका फस्ट रनरअप प्रविण बेडवाल र समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘नबोली नबोली’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मा फिचर...

नेपाल आइडलका फस्ट रनरअप प्रविण बेडवाल र समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘नबोली नबोली’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत सुन्न सकिन्छ ।

गीतको भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मा फिचर भएका छन् । भिडियोमा उनीहरुलाई पनि रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।

उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । भिडियोको निर्माण रायन रेजले गरेका हुन् ।

 

 

 

प्रकाशित मिति २०७७ असोज ९ गते शुक्रबार ०९:०६
हजुरको प्रतिक्रिया