२०८३ साउन २१ गते बिहीबार

बक्यौता नउठेपछि महेन्द्रपुलको सटर ३५ दिनभित्र खाली गर्न महानगरको उर्दी

बक्यौता नउठेपछि महेन्द्रपुलको सटर ३५ दिनभित्र खाली गर्न महानगरको उर्दी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ साउन २० गते शुक्रबार ११:३१

महानगरको असार ७ गते बसेको कार्यपालिका बैठकले नै महानगरको स्वामित्वमा रहेका सटर भाडा नबुझाउने व्यवसायीलाई कारवाही गर्ने निर्णय गरेको थियो ।

महानगरले महेन्द्रपुलका सटर प्रयोगकर्ता व्यवसायीलाई ३५ दिनभित्र सटर खाली गर्न सूचना जारी गरेको छ । भाडा बक्यौता राखेको, म्याद थप नगरेको र सम्पर्कमा समेत नआएको भन्दै बिहीबार एक सूचना जारी गरी सटर खाली गर्न निर्देशन दिएको हो ।
महानगको सूचनामा पटकपटक ताकेता गर्दा पनि व्यवसायीहरु सम्पर्कमा नआएको जनाएको छ । यसअघि महानगरले साउन ७ गते भाडा सम्झौता प्रतिलिपि, तेस्रो पक्षसँग सम्झौता गरेको भए सोको प्रतिलिपि र हालसम्म भाडा नबुझाउनुको उचित कारण खुलाएर एक हप्ताभित्र सम्पर्कमा आउन सूचना जारी गरेको थियो ।
महानगरको असार ७ गते बसेको कार्यपालिका बैठकले नै महानगरको स्वामित्वमा रहेका सटर भाडा नबुझाउने व्यवसायीलाई कारवाही गर्ने निर्णय गरेको थियो । उक्त बैठकले महेन्द्रपुलको ३ महिनाभित्र सटर खाली गरेर योजनामुताबिक भवन भत्काउने र पार्क वा पार्किङमध्ये एउटा बनाउने निर्णय गरेको छ ।
प्रकाशित मिति २०७९ साउन २० गते शुक्रबार ११:३१
हजुरको प्रतिक्रिया