२०८३ साउन २१ गते बिहीबार

काेराेना संक्रमणबाट तनहुँका एक युवककाे मृत्यु

काेराेना संक्रमणबाट तनहुँका एक युवककाे मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ९ गते शुक्रबार ०२:०९

पाेखरा । तनहुँका एक  युवकको कोरोना संक्रमणबाट  मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले कोरोनाबाट तनहुँ आबुखैरेनी ३ का ३९ वर्षीय युवकको मृत्यु भएको जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारत युवकको बिहीबार दिउसो करिव १ बजे उपचारकै...

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुग्याे

पाेखरा । तनहुँका एक  युवकको कोरोना संक्रमणबाट  मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले कोरोनाबाट तनहुँ आबुखैरेनी ३ का ३९ वर्षीय युवकको मृत्यु भएको जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारत युवकको बिहीबार दिउसो करिव १ बजे उपचारकै क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

उपचारका लागि  भदौ २९ गते अस्पतालमा भर्ना भएका उनमा  भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

प्रकाशित मिति २०७७ असोज ९ गते शुक्रबार ०२:०९
हजुरको प्रतिक्रिया