पोखरा, १२ भदौ ।
पोखराको लामाचौरमा जारी राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता मणिमुुकुुन्द भलिबल क्लब बुुटवलले लगातार दोस्रो हार व्यहोरेको छ । लामाचौर तीज महोत्सव अन्तर्गत भएको प्रतियोगितामा आइतबार एफिएफसँग पराजित हुँदै लगातार दोस्रो हार व्यहोरेको हो ।
एपिएफले मणिमुुकुुन्दलाई ३–१ सेटको अन्तरमा पराजित गरेको छ । पहिलो सेट मणिमुकुुन्दले २५–२० स्कोरमा एपिएफलाई पराजित ग¥यो । त्यसपछिका तीनै सेटमा एपिएफ हाबी भयो । दोस्रो सेटमा २५–१९, २५–२२ र २५–१९ स्कोरका साथ एपिएफ विजयी भएको हो । मणिमुकुन्दले शनिबार पहिलो खेलमा नेपाल पुलिस क्बलसँग ४–१ सेटको अन्तरमा पराजित भएको थियो ।
आइतबार दोस्रो खेल त्रिभुवन आर्मी क्बल र गण्डकी प्रदेशबीच एक सेट मात्रै भयो । गण्डकीले आर्मीलाई २५–१९ स्कोरमा पराजित गरेको हो । शनिबार पनि आर्मी र गण्डकीले एक सेट मात्रै खेलेका थिए । शनिबार आर्मीले गण्डकीलाई ३१–२९ स्कोरमा पराजित गरेको थियो ।
नव आदर्श सामुुदायिक विकास समाज लामाचौरको २६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित लामाचौर तीज महोत्सवमा पहिलो पटक राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो । पाँच समूहको सहभागिता छ ।
महोत्सवमा नवौँ संस्करणको महिला राष्ट्रिय भलिबल प्रतियोगिता पनि हुुनेछ । महिला भलिबलमा नेपाल पुुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र न्यु डायमण्ड युुथ स्पोर्टस क्लब सहभागी छन् ।
भलिबल प्रतियोगितामा महिला, पुरुषतर्फ विजेताले समान एक लाख ५० हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रोले एक लाख १११ रुपैयाँ र तेस्रोले ५० हजार ११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
तीज महोत्सवको आइतबार राष्ट्रिय खेलकुुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरे । उनले नवौं राष्ट्रिय खेलकुुद प्रतियोगिताको छेकोमा भएको प्रतियोगिता अर्थपूुर्ण रहेको बताए । उनले लामाचौर खेल मैदानमा राष्ट्रिय खेलकुद सञ्चालन गर्ने उल्लेख गरे ।
प्रकाशित मिति २०७९ भदौ १२ गते आइतबार ०९:०५




