२०८३ असोज २३ गते शुक्रबार

अन्तर्वार्ता

नवौं राष्ट्रिय खेलकुदमा छेलो र क्यानोइङ प्रदर्शनी खेल

नवौं राष्ट्रिय खेलकुदमा छेलो र क्यानोइङ प्रदर्शनी खेल

विनोद ढुंगाना

@Binod Dhungana

२०७९ असोज २ गते आइतबार ०६:२४

गण्डकीको मौलिक खेल छेलो र पोखरामा अथाह सम्भावना बोकेको क्यानोइङलाई प्रबद्र्धन गर्न प्रदर्शनी खेलमा समावेश

महानगरले सक्दो सहयोग गर्नेछ : मेयर आचार्य

पोखरा

गण्डकी प्रदेशका ग्रामिण भेगहरुमा छेलो हान्ने खेल खेलिन्छ । चाडपर्वको अवसरमा हुने मेला महोत्सवहरुमा छेलो हान्ने प्रतियोगिता आयोजना हुन्छ । राष्ट्रियस्तरका प्रतियोगितामा छेलो हान्ने खेल समावेश भएको पाईदैन् । ३९ बर्षपछि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा छेलोलाई प्रदर्शनी खेलका रुपमा समेटिएको छ । छेलो र क्यानोइङ खेल नवौँमा प्रदर्शनी खेल हुनेछन् ।

प्रर्दशनी खेलमा खेलाडीबीच प्रतिष्पर्धा भएपनि इभेन्टमा गणना नहुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले बताए । ‘खेलाडीबीच प्रतिष्पर्धा हुन्छ । विजेताले पदक पनि पाउछन् । तर, पदक तालिकामा गणना हुदैन’, उनले भने ।

सदस्य सचिव गुरुङले गण्डकीको मौलिक खेल छेलो र पोखरामा अथाह सम्भावना बोकेको क्यानोइङलाई प्रबद्र्धन गर्न प्रदर्शनी खेलमा समावेश गरेको बताए । ‘राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा चिनारी र प्रबद्र्धन गर्ने अन्तराष्ट्रिय संस्कार छ । त्यसैले मौलिक खेल छेलोलाई प्राथमिकता दिएका छौं,’ उनले भने, ‘पोखरा ताल तालैको सहर भएकाले पानीमा खेलिने क्यानोइङको सम्भावना भएकाले प्रबद्र्धन गर्न खोजेका हौं ।’

नवौंमा यी दुई खेलमा उत्साहजनक सहभागिता भएमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक तालिकामै समावेश गर्न सकिने गुरुङ सुनाउँछन् । आगामी असोज २५ देखी कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ ।

गण्डकीका कास्की, पर्वत, गोरखा, स्याङजा, नवलपुर, म्याग्दी र बाग्लुङमा प्रतियोगिता सञ्चालन हुने तय भएको छ । ३६ मध्य २७ खेल कास्कीमा हुनेछन् । सात प्रदेश, तीन विभागिय र गैैरआवसिय नेपाली गरेर ११ समुहका सात हजार ७९९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ४०४ स्वर्ण सहित एक हजार हजार ३८६ पदकका लागि रोचक भिडन्त हुनेछ ।

महानगरले सक्दो सहयोग गर्नेछ : मेयर आचार्य

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन पोखरा महानगरले सक्दो सहयोग गर्ने मेयर धनराज अचार्यले बताएका छन् । आइतबार पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद् गण्डकीका पदाधिकारीबीच भएको अन्तरक्रियामा उनले बजेटको सीमितता भएपनि सबै हिसाबले महानगर लाग्ने बताए ।

‘सुरुमा त हाम्रो असहमति थियो । सहभागी नै नहुने स्थितिमा थियौँ । अब हाम्रो सहयोग रहन्छ । हाम्रो भूमिमा भएकाले जस अपजस हाम्रै हुन्छ’, मेयर आचार्यले भने ।आगामी मंसिरमा ४ मा हुने निर्वाचनले समाजलाई विभाजन गर्न थालेको मेयर आचार्यको भनाई छ । उनी भन्छन्, ‘विभाजित भएका सबैलाई एकतामा बाँध्ने खेलकुदले हो ।’

राखेपले पोखरा महानगरसँग खेल मैदानसम्म पुग्ने सडक निर्माण तथा स्तरोन्नति, स्वागतद्वार निर्माण, खेलाडीको आवास तथा खानामा सहुलियत, स्थानीय ट्याक्सीलाई मिटरमा चल्ने प्रबन्ध मिलाउन अनुरोध गरेको छ ।खेलाडीको सपिङमा छुट, सार्वजनिक यातायातमा निशुल्क यात्रा, स्वास्थ्य उपचार र खेलस्थलको सरसफाइ महानगरले गर्ने अपेक्षा राखेको छ ।

प्रकाशित मिति २०७९ असोज २ गते आइतबार ०६:२४

हजुरको प्रतिक्रिया