३ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नेपाल फेरि एक पटक असफल भएको छ । घरेलु मैदान दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोल अन्तरकाे पराजय व्यहाेर्दै उपविजेतामा सिमित रह्याे । नेपाल साफ महिला फुटबलकाे फाइनलमा पराजित भएको यो पाँचौ पटक हो ।
बंगलादेशले छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनसिपकाे उपाधि जित्दै नयाँ ईतिहास रचेकाे छ ।
दशरथ रंगशालामा साेमबार भएकाे फाईनलमा १५ हजार बढी घरेलु दर्शक अघि नेपाललाई ३-१ ले पराजित गर्दै बंगलादेशले पहिलाे पटक साफ महिला च्याम्पियनसिपकाे उपाधि जितेकाे हाे ।
पहिलो हाफमा २-० ले पछि परेको नेपालले ७० औं मिनेटमा गोल फर्काएको थियो । नेपालका लागि अनिता बस्नेतले गोल गरिन् ।
बस्नेतको गोलमा नेपाल खेलमा पर्किन खोजे पनि ७७ औं मिनेटमा बंगलादेशले अर्को गोल थपेर खेल ३-१ ले जित्यो ।
सधैंकाे दावेदार भारतलाइ पराजित गर्दै नेपाल र बंगलादेशले फाइनलमा भेट पक्का गरेका थिए ।
प्रकाशित मिति २०७९ असोज ३ गते सोमबार ०७:५९