गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र छ । गण्डकीका कास्की, पर्वत, गोरखा, स्याङजा, नवलपुर, म्याग्दी र बाग्लुङमा प्रतियोगिता सञ्चालन हुने तय भएको छ । ३६ मध्य २७ खेल कास्कीमा हुनेछन् ।
सात प्रदेश, तीन विभागिय र गैैरआवसिय नेपाली गरेर ११ समुहका सात हजार ७९९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ४०४ स्वर्ण सहित एक हजार हजार ३८६ पदकका लागि रोचक भिडन्त हुनेछ । प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडीहरुका लागि हाल बन्द प्रशिक्षणको काम गरिरहेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको अफिसियल मिडिया पार्टनर पब्लिक टि.भि रहेको छ ।
नवौं राष्टिय खेलकुद प्रतियोगितासंग सम्बन्धित भिडियोहरु हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
हजुरको प्रतिक्रिया




