२०८३ साउन २१ गते बिहीबार

सञ्चारकर्मी गोविन्द सिञ्जालीको लोक संस्कृतिसंग सम्बन्धित वृत्तचित्र प्रदर्शनी

सञ्चारकर्मी गोविन्द सिञ्जालीको लोक संस्कृतिसंग सम्बन्धित वृत्तचित्र प्रदर्शनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज १५ गते शनिबार ०९:४१

पोखरा । रंग तथा सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली मगरको लोक संस्कृतिसंग सम्बन्धित वृत्तचित्र शनिबार एक कार्यक्रमका वीच प्रदर्शनी गरिएको छ । हिमालपारीको जिल्ला मुस्ताङ, कास्की र स्याङ्गजाका विविध सांस्कृतिक गीत, नृत्यहरु समेटिएका...

पोखरा । रंग तथा सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली मगरको लोक संस्कृतिसंग सम्बन्धित वृत्तचित्र शनिबार एक कार्यक्रमका वीच प्रदर्शनी गरिएको छ । हिमालपारीको जिल्ला मुस्ताङ, कास्की र स्याङ्गजाका विविध सांस्कृतिक गीत, नृत्यहरु समेटिएका विभिन्न १४ वटा वृत्तचित्रको प्रदर्शनी एकैपटक गरिएको हो ।

हरिनास सिर्जनशील समूह पोखराको आयोजना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङको मुख्य प्रायोजनमा पोखरा थियटरमा भिडियो तथा डकुमेन्ट्रीको प्रर्दशनी गरिएको हो । लोप हुने अवस्थामा पुगेको लोक संस्कृतिलाई संरक्षण गर्नका लागि वृत्तचित्रको निर्माण गरिएको निर्देशक थापाले बताए ।

वृत्तचित्रमा मुस्ताङ जिल्लामा रहेका समुदायले विवाह, व्रतबन्ध, पर्व, मेला तथा विशेष अवस्थामा गाउने गीत तथा नृत्य, स्याङ्गजा तथा कास्कीमा गरिने भैरवथानको यात्रा, बाजे बज्यै पूजा, ठाडोभाका, कृष्णचरित्रको विषयलाई देखाइएको थियो ।

प्रकाशित मिति २०७९ असोज १५ गते शनिबार ०९:४१

हजुरको प्रतिक्रिया