२०८३ साउन २१ गते बिहीबार

गोविन्दलाई रामचन्द्रको अफर, ‘चुनाव अगाडी पदाधिकारी, संसदमा जसै लैजाउला’

गोविन्दलाई रामचन्द्रको अफर, ‘चुनाव अगाडी पदाधिकारी, संसदमा जसै लैजाउला’

विनोद ढुंगाना

@Public 4K Tv

२०७९ असोज २३ गते आइतबार ०८:००

भट्टराईलाई ब्याक गराउन पदाधिकारी बनाउने र राष्ट्रिय सभामा लैजाने अफर पौडेलले गरेको खुलेको छ ।

तनहुँ । आइतबार दिनभर तनहुँ १ मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराइले सत्ता गठबन्धनका उम्मेद्वार रामचन्द्र पौडेल विरुद्ध उम्मेदवारी दिने चर्चा थियो । भट्टराई पार्टीले टिकट नदिएपछि उनी असन्तुष्ट थिए ।
शनिबार मात्रै उनले फेसबुकमा लेखेका थिए, ‘पार्टीको टिकटको पछि लाग्नु भन्दा तनहुँ क्षेत्र नम्बर १ का मतदाता माझ आफुलाई प्रस्तुत गर्नु नै उत्तम विकल्प हो भन्ने ठानेको छु । यसका लागि सबै साथीहरुलाई तयार रहन अनुरोध गर्दछु ।’ उनको यो स्टाटसले हंगमा मच्चायो पनि । एमालेको चिह्नबाट उनी चुनाव लड्ने चर्चा चल्यो । गोविन्दराज जोशी समुहसँग सहकार्य गरेर भट्टराई चुनाव लड्ने हल्ला पनि नफैलिएको हैन् ।
आइतबार मनोनयन दर्ताको अन्तिम समयमा वारेसनामा मार्फत भट्टराईको उम्मेदवारी दर्ताका लागि विधायक भट्टराइ लगायतका केही युवा निर्वाचन अधिकृतको कार्यालय दमौलीमा पुगेर फर्म बुझे । तर, उम्मेदवारी दर्ता नगर्नु भनेर खबर आयो भनेर उनीहरु त्यहाँबाट बाहिरिए । त्यतिबेला बरिष्ठ नेता रामचन्द्र पौडेलसँगै गोविन्द भट्टराइ लगायतका कांग्रेस नेताहरु दमौलीको एक होटलमा वार्ता बसेका थिए । भट्टराइलाई ब्याक गराउन पदाधिकारी बनाउने र राष्ट्रिय सभामा लैजाने अफर पौडेलले गरेको खुलेको छ ।
चुनाव अगाडी नै पार्टीको पदाधिकारी बनाउने पौडेलले वाचा गरेको भट्टराइ निकटका एक नेताले बताए । ‘रामचन्द्र दाइले शेरबहादुर देउवालाई भनेर चुनाव अगाडी नै कोषाध्यक्ष बनाउने प्रतिबद्धता गर्नुभो । संसदमा कसरी लैजान मिल्छ लैजान्छु भनेर वाचा गर्नुभा’छ’, ती नेताले भने ।
भट्टराइ २०७४ को आम निर्वाचनमा तनहुँ १ (क) मा बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका रामबहादुर गुरुङसँग पराजित भएका थिए । गुरुङले १८ हजार २६५ मत प्राप्त गर्दा भट्टराईले १६ हजार ८७८ मत ल्याएका थिए ।
यसपालि भट्टराई तनहुँ १ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन लड्न चाहान्थे । तर उनलाई पार्टीले समानुपातिकको सुचीमा राखेका थिए । समानुपातिको सुचिबाट सांसद बन्ने छाँट नदेखेपछि उनले निर्वाचन आयोगमा पुगेर फिर्ता लिए । रामचन्द्र पौडेलको गठबन्धनको काँधमा चढेर चुनाव जित्दै प्रधानमन्त्री बन्ने दाउका कारण भट्टराइले मार खाएपछि विद्रोह गर्ने मुडमा थिए । तर, सातौं चुनावी यात्रामा होमिएका पौडेल अघिल्लो पटक जस्तै पराजय व्यहोनुपर्ने डरले अफर लिएर भट्टराइसँग वार्तामा बसेका हुन ।

प्रकाशित मिति २०७९ असोज २३ गते आइतबार ०८:००
हजुरको प्रतिक्रिया