पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारदेखि सुरु भएको ह्याण्डबलका खेलमा पुरुषतर्फ गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा मधेस प्रदेशसंग भिडेको गण्डकीले ६६–१३ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । आठौंं राष्ट्रिय खेलकुदमा गण्डकी स्वर्ण पदक विजेता थियो भने नेपाल आर्मीले काँस्य पदक जितेको थियो।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत २० औं राष्ट्रिय पुरुष तथा ११ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको खेल तालिकाअनुसार पुरुषतर्फ समुह ‘ए’ मा गण्डकी, बाग्मती, मधेश प्रदेश, आर्मी र कर्णाली प्रदेश रहेका छन् भने सुमह ‘बी’ मा एपीएफ, लुम्बिनी, प्रदेश नं १ र सूदूर पश्चिम छन्। त्यसैगरी, महिलातर्फ समुह ‘ए’ मा एपीएफ, लुम्बिनी, सूदूर पश्चिम र गण्डकी तथा समुह ‘बी’ मा नेपाल आर्मी, प्रदेश नं १, बाग्मती, मधेश प्रदेश र कर्णाली प्रदेश रहेका छन्।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजना भइरहेको नवौं राष्ट्रिय अन्तर्गत महिलातर्फ ३ र पुरुषतर्फ ५ गरी ८ वटा खेल सञ्चालन भइरहेका छन् । नवौं राष्ट्रियमा ह्याण्डबल खेल असोज २९ गतेसम्म संचालन हुनेछ।
प्रकाशित मिति २०७९ असोज २४ गते सोमबार ०१:३८




