२०८३ साउन २१ गते बिहीबार

फेवाताल सरसफाइ महाअभियान (फोटो फिचरसहित)

फेवाताल सरसफाइ महाअभियान (फोटो फिचरसहित)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २५ गते मंगलबार ०९:५३

फेवाताल प्राकृतिक र मानवीय अतिक्रमणमा पर्दै आएको छ ।

पोखरा


पोखराको पर्यटकीय केन्द्र फेवातालको सरसफाइ महाअभियान सुरु भएको छ । पोखरा महानगरपालिकाको अगुवाइमा अभियान सुुरु गरिएको हो ।

विशेष गरी वर्षादको समयमा फेवातालमा तैरिने जलकुम्भी झार र बाढीले बगाएर ल्याएको फोहोर हटाउन थालिएको हो । वर्षादको समयमा जलकुम्भी झार फेवातालमा तौरिने गर्दछ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यका अनुसार ड्यामसाइडदेखि चंखपुरसम्म ३३ वटा स्टेसन बनाएर सरसफाइ सुरु गरिएको हो ।

सरसफाइ अभियानमा विभिन्न सामाजिक संघ संस्था, सुरक्षा निकाय, नागरिक समाज लगायतको सहभागिता छ । महानगरका ३३ जना वडाध्यक्षले एउटा/एउटा स्टेसनको नेतृत्व गरी सरसफाइ गरिने छ । नवौं राष्ट्रिय खेलकुदको अवसरमा ‘सरसफाइमा सहभागिता, स्वच्छ, सुन्दर हराभरा पोखरा’ भन्ने नाराका साथ अभियान सुरु भएको हो । प्राकृतिक र मानवीय  अतिक्रमणमा फेवाताल पर्दै आएको छ ।

प्रकाशित मिति २०७९ असोज २५ गते मंगलबार ०९:५३
हजुरको प्रतिक्रिया