चितवन क्षेत्र क्षेत्र नम्बर ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ । एमालेले उम्मेदवारी फिर्ता लिएर कसलाई समर्थन गरिएको हो भन्ने विषयमा दुई मत देखिएको छ ।
एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको बताइएको छ । तर, राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले भने चितवन क्षेत्र नम्बर २ मा एमालेलाई सघाउने र ३ मा एमालेले आफूलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिइएको बताएका छन् ।
चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ ।
कांग्रेसका बागी उम्मेदवार र राप्रपाका पाण्डे दुबैले आफूलाई समर्थन भएको दाबी गरेका छन् । यसबारे एमालेले प्रस्ट पारिसकेको छैन भने निर्वाचन आयोगले पनि टुंगो लगाइसकेको छैन ।
कांग्रेसका उम्मेदवार कोइराला एमाले अध्यक्ष ओलीलाई भेट्न मंगलबार बेलुकी बालकोट गएका थिए । नेकपा एमाले चितवन जिल्ला अध्यक्षसमेत रहेका न्यौपाने पनि टिकट फिर्ता नलिने भन्दै ओलीलाई भेट्न काठमाडौं गएका छन् ।
प्रकाशित मिति २०७९ असोज २६ गते बुधबार ०२:१४




