२०८३ साउन २१ गते बिहीबार

कांग्रेसद्वारा बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई पार्टीबाट ५ वर्षसम्म निष्कासित

कांग्रेसद्वारा बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई पार्टीबाट ५ वर्षसम्म निष्कासित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २६ गते बुधबार ०८:२७

कांग्रेसले उनीहरुलाई विधानको धारा ३४ (४) (क) अनुसार कांग्रेसको सदस्य समेत नरहने गरी ५ वर्षका लागि निस्कासन गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिएको पौडेलले बताए ।

पोखरा । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभामा सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई ५ वर्षका लागि पार्टीबाट निष्कासित गरिएको जानकारी दिएका छन् ।

गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए पार्टीको विधान २०१७ ९संशोधनसहित०को धारा ३४ (१) (घ) उल्लघंन गरेकोमा कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले उनीहरुलाई विधानको धारा ३४ (४) (क) अनुसार कांग्रेसको सदस्य समेत नरहने गरी ५ वर्षका लागि निस्कासन गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिएको पौडेलले बताए ।

आगामी मंसिर ४ गते हुन प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरु र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ ।

प्रकाशित मिति २०७९ असोज २६ गते बुधबार ०८:२७
हजुरको प्रतिक्रिया