नवौं राष्ट्रिय खेलकुद महिला क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको दोश्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बिजयी भएको छ ।
मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै बिजयी भयो । पहिले व्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रनको योगफल तयार ग¥यो । ९२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सुदूरपश्चिम प्रदेशले ८ विकेट गुमाएर ७६ रन मात्र बनाएपछि मधेश प्रदेश बिजयी भएको हो ।
बिहीबारको खेलमा मधेश प्रदेशका सना प्रविन प्लेयर अफ दी म्याच घोषित भईन् । उनले मधेशका लागि ३५ रनको योगदान दिईन् । त्यस्तै गोमा आलेले १० रन बनाईन् । मधेशका सन्तोषी चौधरी, शान्ती चौधरी र अनुराधा चौधरीले समान २/२ विकेट हत्याए ।
सुदूरपश्चिमका लागि ऋतु कनौजियाले २७, रुवी पोद्दारले १२ तथा यशोदा विष्टले ११ रनको योगदान दिए ।
प्रकाशित मिति २०७९ असोज २७ गते बिहीबार ०७:५८