२०८३ साउन २१ गते बिहीबार

नवौं राष्ट्रिय खेलकुदः रग्बी प्रतियोगिता भण्डारढिकमा सुरु

नवौं राष्ट्रिय खेलकुदः रग्बी प्रतियोगिता भण्डारढिकमा सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २९ गते शनिबार ०४:३८

शनिबारदेखि सुरु भएको रग्बी खेलमा ३२४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

पोखरा
नवौं राष्ट्रिय खेलकदु अन्तर्गत रग्बी खेल प्रतियोगिता पोखराको लेखनाथमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नेपाल सरकारका खेलकुदमन्त्री महेश्वरजङ गहतराजले गरेका हुन् ।

उद्घाटन समारोहमा यस प्रतियोगितामा सहभागीता जनाउने टिमको मार्चपास प्रस्तुत गरिएको थियो भने स्थानीय टोल विकास संस्था, आमा समूहहरुले झाँकी ¥याली प्रस्तुत गरेका थिए ।

प्रतियोगिता गण्डकी प्रदेशका विभिन्न ८ जिल्लाहरु कास्की, तनँहु, पर्वत, गोरखा, स्याङजा, नवलपुर, म्याग्दी र बाग्लुङमा सञ्चालन भइरहेको छ भने भण्डारढिक खेलमैदानमा शनिबारदेखि सुरु भएको रग्बी खेलमा ३२४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

४ दशकपछि गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रबारबाट औपचारिक रुपमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

कुल ३६ वटा खेल र २ प्रदर्शनी सहित ३८ खेल समावेश गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ६ हजार १ सय ५७ खेलाडीहरु सहभागी भएका छन् भने करिब १ हजार ३ सय पदकका लागि प्रतिस्पर्धा हुने भएको छ ।

 

प्रकाशित मिति २०७९ असोज २९ गते शनिबार ०४:३८
हजुरको प्रतिक्रिया