२०८३ साउन २१ गते बिहीबार

नवौं राष्ट्रिय खेलकुदः गण्डकीको महिला टिम घरेलु मैदानमै पराजित

नवौं राष्ट्रिय खेलकुदः गण्डकीको महिला टिम घरेलु मैदानमै पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २९ गते शनिबार ०४:४९

स्याङ्जा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगिताको दास्रो खेलमा प्रदेश नम्बर १ विजयी भएको छ । स्याङ्जाको वालिङमा भएको खेलमा प्रदेश नम्बर १ ले घरेलु टोली गण्डकी प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्र्दै...

स्याङ्जा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगिताको दास्रो खेलमा प्रदेश नम्बर १ विजयी भएको छ । स्याङ्जाको वालिङमा भएको खेलमा प्रदेश नम्बर १ ले घरेलु टोली गण्डकी प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्र्दै जित हात पारेकोे हो ।

शनिबारको खेलमा अञ्जना थुलुङ राईले ३६ अाैं मिनेटमा गोल गर्दै प्रदेश नम्बर १ लाई अग्रता दिलाइन् । दोस्रो हाफको ६३ औँ मिनेटमा प्रदेश १ की नै अनिता गुरुङले थप १ गोल गर्दै प्रदेश नम्बर १ लाई जित नजिक पु¥याइन् ।

खेलको उत्तरार्धको ८१ औँ मिनेटमा गण्डकी प्रदेशकी शान्ति नेपालीले घरेलु टोली गण्डकी प्रदेशको तर्फबाट सान्त्वना गोल गरिन् ।

 

प्रकाशित मिति २०७९ असोज २९ गते शनिबार ०४:४९
हजुरको प्रतिक्रिया