२०८३ साउन २१ गते बिहीबार

गल्फमा बागमतीलाई ३ स्वर्ण, पुरुषतर्फ आर्मीका तामाङ विजेता

गल्फमा बागमतीलाई ३ स्वर्ण, पुरुषतर्फ आर्मीका तामाङ विजेता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २९ गते शनिबार ०६:२७

पोखरा नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत गल्फको उपाधि नेपाल आर्मीका सुवास तामाङले जितेका छन् । पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका...

पोखरा
नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत गल्फको उपाधि नेपाल आर्मीका सुवास तामाङले जितेका छन् । पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन् । प्रदेश नं १ का युवराज भुजेलले कास्य पदक जिते ।

समूह चरणको खेलमा भने बागमती विजयी बन्न पुग्यो । समूह अन्तगर्त पुरुष र महिला दुवै इभेन्टमा बागमतीले स्वर्ण जित्यो । यस्ते एकलतर्फ महिलाको स्वर्ण पनि बागमतीले नै जित्दै कुल ४ मध्ये तीन स्वर्ण बागमतीले जितेको हो ।

पुरुषतर्फको टिममा बागमतीले स्वर्ण जित्दा प्रदेश १ ले रजत र नेपाल आर्मीले कास्य पदक जितेको छ ।

महिला तर्फको प्रतिस्पर्धामा बागमतीकी कष्मिरा शाहले स्वर्ण, बागमतीकै तारा कार्कीले रजत र प्रदेश नं १ की सुष्मा सिग्देलले कास्य पदक जितिन । महिला टिम इभेण्टमा बागमतीले स्वर्ण जित्दा प्रदेश १ ले रजत र गण्डकीले कास्य पदक जितेको छ ।

समूह चरणको प्रतियोगिता अन्तर्गत महिला, पुरुष स्वर्ण विजेता टिमका खेलाडीले स्वर्ण सहित जनही १५ हजार रुपैयाँ पाएका छन ।

व्यक्तिगततर्फका विजेताले स्वर्णसहित २५ हजार रुपैयाँ नगद पुरस्कार राष्ट्रिय खेलकुद परिषदबाट पाएका छन ।

 

प्रकाशित मिति २०७९ असोज २९ गते शनिबार ०६:२७
हजुरको प्रतिक्रिया