पोखरा
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबारदेखि पोखरामा सुरु भएको पौडी प्रतियोगीतामा नयाँ रेकर्ड कायम भएको छ ।
१३ औँ सागमा १५ सय मिटर फ्रि स्टाइलमा १७ मिनेट ४९.९५ सेकेण्ड लगाएका त्रिभुवन आर्मी क्लवका नासिर याहा हुसेनले शनिबार बिहान फिस्टेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा १६ मिनेट ५०.२१ सेकेन्डमा दूरी पूरा गर्दै यसअघि रहेको आफ्नै रेकर्ड ब्रेक गरेका हुन् ।
एनआरएनका आशिष सापकोटाले १६ मिनेट ५७.९५ सेकन्डमा पूरा गरेका थिए । १५ सय फ्रि स्टाइलमा नासिरले स्वर्ण पदक जितेका छन् ।
शनिबार भएको २ सय मिटर पौडीमा त्रिभुवन आर्मी क्लबकै डुवाना लामाले २ मिनेट ३१.४६ सेकेन्डमा पुरा गर्दै यसअगाडि गौरीका सिँहको २ मिनेट ३२ सेकेन्डको कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल बनिन् ।

२ सय मिटर पौडीमा डुवाना लामाले २ मिनेट ३१.४६ सेकेन्डमा पुरा गर्दै यसअगाडि गौरीका सिँहको २ मिनेट ३२ सेकेन्डको कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल बनिन् ।
पौडी प्रतियोगीतामा २ सय ३ जना खेलाडीहरुले सहभागिता जनाएको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए ।
२५ मिटर हिटदेखि १५ सय मिटर हिटसम्म हुने कार्यक्रमको आइतबार बिहान ८ सय मिटर पौडी खेल प्रतियोगीताको फाइनल हुने बजाचार्यले बताए । नेपाल पौडी खेल संघका केन्द्रीय अध्यक्ष बर्जाचार्यका अनुसार ४ स्ट्रोकमा २१ इभेन्टहरु सञ्चालन हुने छन् ।
फ्रि स्टाइल, ब्रेष्ट स्टोक, बटरफ्लाई, बटरफ्लाई व्याक स्टोक र आइएम गरी समूहका खेलाडीले खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित मिति २०७९ असोज २९ गते शनिबार ०६:३४




