२०८३ असोज २३ गते शुक्रबार

टेनिसमा गण्डकी प्रदेश फाइनलमा, आर्मीसँग भिड्ने

टेनिसमा गण्डकी प्रदेश फाइनलमा, आर्मीसँग भिड्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २९ गते शनिबार ०७:५२

पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिस टिम इभेन्टमा गण्डकी प्रदेश फाइनल प्रवेश गरेको छ । फाइनलमा विभागीय टिम नेपाल आर्मीसँग गण्डकी भिड्ने भएको छ । नेपालको शीर्ष बरियताका टेनिस खेलाडी प्रदीप खड्काको टोली आयोजक...

पोखरा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिस टिम इभेन्टमा गण्डकी प्रदेश फाइनल प्रवेश गरेको छ । फाइनलमा विभागीय टिम नेपाल आर्मीसँग गण्डकी भिड्ने भएको छ ।

नेपालको शीर्ष बरियताका टेनिस खेलाडी प्रदीप खड्काको टोली आयोजक गण्डकी र विभागीय नेपाली सेनाले टोलीले पुरुषतर्फ फाइनलमा स्थान बनाएका हुन् ।

पोखरा रंगशालाको टेनिस कोर्टमा भएको खेलमा टिम इभेन्टको पुरुष सिंगल विधामा गण्डकीका खड्काले सशस्त्रका सन्तोष खत्रीलाई ६–३, ६–३ सेटमा पराजित गरेका हुन् ।

पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा गण्डकीका आशिष कुमार र सौगात विकेको जोडीले एपिएफका निश्चल श्रीयोगको जोडीमाथि ४–१,४–२ सेटको जित निकालेपछि गण्डकीले फाइनलमा स्थान बनाउन सफल भयो ।
यसैगरी गण्डकीका अनिल शाही र सशस्त्रका आयुस्मान घलेबीचको खेलमा ६–१,६–० सेटमा शाही विजयी भए ।

यसैगरी पुरुष सिंगलको अर्को खेलमा पुलिसका आर्यन गरीले आर्मीका अकी रावतलाई ६–२,६–४ को सेटमा पराजित गरेका छन् । आर्मीका प्रनभ खनाल र पुलिसका प्रनभ मानन्धरबीचको खेल ६–३,६–१ को सेटमा खनाल विजयी भए ।

पुरुष डबल्सतर्फ आर्मीका प्रनभ र एकीको जोडीले पुलिसका आर्यन र प्रनभको जोडीलाई ६–२,७–६ को सटमा पराजित गरेपछि आर्मीले फाइनलमा स्थान पक्का गरेको हो ।

टिम इभेन्टको महिला एकलतर्फको प्रतिस्र्धामा आर्मीका इरा रावत र अभिलासा विष्ट विजयी भए । उनीहरुले क्रमशः पुलिका प्रशंसा मोक्तान र पुलिसका इसा डोल्लकर गुरुङलाई पराजित गरेका हुन् ।
महिलातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको एपिएफले फाइनलमा स्थान बनाउन सफल भएका छन् ।

महिला डबल्सतर्फ पुलिसका आइसा र प्रशंसाको जोडीले आर्मीका इसा श्री र सुभांगीको जोडीलाई पराजित गरे ।

महिला एकलतर्फ एपिएफका सुनिरा थापा र सर्भानी श्रेष्ठ विजय भएकी छन् । डबल्सतर्फ सर्भानी र डिब्नाको जोडीले बागमतीका प्रकृति र रायानाको जोडीलाई पराजित गरेपछि एपिएफ टिम इभेन्टको फाइनलमा प्रवेश गर्न सफल भयो ।

एकल इभेन्टमा मधेसका राजवीर प्रिक्वार्टरमा

व्यक्तिगत इभेन्टको पुरुष एकलतर्फ मधेश प्रदेशका राजविर प्रधानले एनआएरएनएका कृष्ण थापालाई पराजित गरी प्रिक्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

पुरुषडबल्सतर्फ एनआरएनएको आरभ र डावाको जोडी, पुलिसका प्रनभ र आर्यनको जोडी, गण्डकीका आशिष र सौगात तथा लुम्बिनीका रितिक र सक्षमको जोडी क्वाटर फाइनलमा प्रवेश गर्न सफल भयो ।

यसैगरी महिला डबल्सतर्फ एपिएफका सुनिा र सर्भानीको जोडी तथा बागमतीका प्रकृति र रायानाको जोडी अन्तिम चारमा पुगेको छ ।

मिक्सडबल्सतर्फ गण्डकीका सौगात विके र श्रीया भट्टराईको जोडी र बागमतीका रोजन र अजयको जोडी क्वाटर फाइनलमा प्रवेश गरेको नेपाल टेनिस संघका कार्यालय प्रमुख प्रविन देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति २०७९ असोज २९ गते शनिबार ०७:५२
हजुरको प्रतिक्रिया