२०८३ साउन २१ गते बिहीबार

रग्बीमा आर्मी र लुम्बिनीको विजयी सुरुआत

रग्बीमा आर्मी र लुम्बिनीको विजयी सुरुआत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २९ गते शनिबार ०७:५५

पोखरा नवौं राष्ट्रिय खेलकुदअन्तर्गत शनिबारबाट सुरु भएको महिला÷पुरुष रग्बी प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी र लुम्बिनी प्रदेशले विजयी सुरुआत गरेका छन् । पुरुषतर्फ पोखराको भण्डारढिक मैदानमा भएको उद्घाटन खेलमा घरेलु मैदानमै...

पोखरा
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत शनिबारबाट सुरु भएको महिला÷पुरुष रग्बी प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी र लुम्बिनी प्रदेशले विजयी सुरुआत गरेका छन् ।

पुरुषतर्फ पोखराको भण्डारढिक मैदानमा भएको उद्घाटन खेलमा घरेलु मैदानमै विभागीय टिम नेपाल आर्मीले गण्डकीलाई पराजित गरेको हो । जसमा आर्मीले २४–५ अंकसहित जित निकालेको हो ।

४ ट्राई र २ कन्भर्सनका साथ आर्मीले कुल २४ प्वाइन्ट बनाउन सफल भएको थियो भने गण्डकी प्रदेशले १ ट्राईका साथ जम्मा ५ प्वाइन्टमात्रै बनाउन सक्यो ।

पुरुषतर्फकै दोस्रो खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई २०–५ अंकको फराकिलो अन्तरले पराजित गरेको छ । खेल अवधिभर लुम्बिनी प्रदेशले ४ ट्राईका साथ २० प्वाइन्ट बनाउन सफल भएको थियो भने बदलामा बाग्मती प्रदेश १ ट्राईका साथ ५ प्वाइन्टमा मात्रै सीमित हुन पुगेको थियो ।

महिलातर्फ गण्डकी र शसस्त्र विजयी

शनिबार नै भएको महिलातर्फका खेलहरुमा गण्डकी प्रदेश र शसस्त्र प्रहरी बलको एपीएफले विजयी सुुरुआत गरेका छन । महिलातर्फको पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई १०–५ अंकको अन्तरले पराजित गरेको हो ।
गण्डकी प्रदेशले खेलको पहिलो हाफभित्रै २ ट्राईका साथ १० प्वाईन्ट बनाउन सफल भएको थियो भने कर्णाली प्रदेशले खेल अबधीभर १ ट्राईका साथ ५ प्वाइन्ट मात्रै बनाउन सक्यो ।

यस्तै महिलातर्फको दोश्रो खेलमा शसस्त्र प्रहरीको विभागीय टिम एपीएफले मधेश प्रदेशलाई १७–५ ले पराजित गरेको छ । खेलको सुरुआतमै १ ट्राईका साथ ५ प्वाईन्ट बनाएर अग्रता बनाएको मधेश प्रदेशलाई एपीएफले २ ट्राई र २ कन्भर्सनका साथ १४ प्वाईन्ट बनाउँदै जित हासिल गरेको हो ।

प्रतियोगिताको दोस्रो दिन आइतबार पुरुषतर्फ ९ र महिलातर्फ ३ गरी रग्बीका १२ खेलहरु सञ्चालन हुनेछन ।

 

प्रकाशित मिति २०७९ असोज २९ गते शनिबार ०७:५५
हजुरको प्रतिक्रिया