२०८३ साउन २१ गते बिहीबार

पुरुष १० हजार मिटर दौडमा आर्मीका दीपकलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पुरुष १० हजार मिटर दौडमा आर्मीका दीपकलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज ३० गते आइतबार ०९:५४

उनले सन् २०१४ काे एसियन गेम्समा गाेपीले बनाएकाे ३० मिनेट ३०.९९ सेकेण्डकाे कीर्तिमान ब्रेक गरे ।

पोखरा । पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । आइतबार बिहान सम्पन्न दाैडमा दीपकले निर्धारित दुरी ३० मिनेट १०.३० सेकेण्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जिते ।

उनले सन् २०१४ काे एसियन गेम्समा गाेपीले बनाएकाे ३० मिनेट ३०.९९ सेकेण्डकाे कीर्तिमान ब्रेक गरे । यसअघिका कीर्तिमान राखेका गाेपीले रजत जिते । उनले ३० मिनेट ३८.३२ सेकेण्डमा पूरा गरे । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष १५०० मिटर दौडमा नेपाल आर्मीका दीपक अधिकारले स्वर्णपदक जितेका छन् ।

आर्मीका गजेन्द्र राईले निर्धारित दुरी ३० मिनेट ४९.५० सेकेण्डमा पूरा गर्दै कास्य जिते ।

प्रकाशित मिति २०७९ असोज ३० गते आइतबार ०९:५४
हजुरको प्रतिक्रिया