२०८३ साउन २१ गते बिहीबार

आईटीएफ तेक्वान्दोमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण

आईटीएफ तेक्वान्दोमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज ३० गते आइतबार १२:१८

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका २ सय ५० खेलाडी सहभागी छन् । 

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बाग्लुङमा सुरु भएको आईटीएफ तेक्वान्दो अन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेशले एक स्वर्ण हात  पारेको छ ।

नेपाली सेनाका धनसिंह परियार, सेनाकै भीमबहादुर तामाङ र निलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । रातो पेटीतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक र लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत पदक हासिल गरेका छन् ।

निलो पेटीमा प्याट्रनतर्फ लुम्बिनीका सफल परियारले रजत, कालो पेटीमा गण्डकी प्रदेशका प्रविण बुढाले रजत र निलो पेटी महिलामा गण्डकीकै मोनिका कुँवरले रजत पदक प्राप्त गरेका नेपाल आईटीएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका २ सय ५० खेलाडी सहभागी छन् ।

आईटीएफ तेक्वान्दोमा २९ स्वर्ण, २९ रजत र ५८ कास्य पदकका लागि खेल हुनेछ ।

प्रकाशित मिति २०७९ असोज ३० गते आइतबार १२:१८
हजुरको प्रतिक्रिया