२०८३ साउन २१ गते बिहीबार

खुलामञ्चमा खाना बाँड्दै बाबुराम भट्टराई

खुलामञ्चमा खाना बाँड्दै बाबुराम भट्टराई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १४ गते बुधबार ०४:५०

काठमाडौं । कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुलाई काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहेका छन् । बुधबार खाना बाँड्ने मान्छे भने अरु दिन भन्दा नौला देखिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई...

काठमाडौं । कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुलाई काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहेका छन् । बुधबार खाना बाँड्ने मान्छे भने अरु दिन भन्दा नौला देखिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न पुगेका थिए ।

विहान साढे ९ बजे आएका उनले करिब २० मिनेट खाना बाँड्ने काम गरे । खाना बाँड्ने क्रममा भट्टराईले खाना खाने लाइनमा बसेकाहरुसँग कुराकानी पनि गरे । बाल्टीमा दाल, तरकारी र खाना बाँड्न पूर्वप्रधानमन्त्री नै आउँदा कतिपयले आफ्नो बाध्यता पनि सुनाए ।

पछिल्लो ६ महिनादेखि विपन्नलाई खाना खुवाइरहेको हाम्रो टिम नेपाल नामक संस्थालाई हौसला बढाउन उनी खुलामञ्च आएका हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए । भट्टराईले राज्यले गर्नुपर्ने काम गरेको भन्दै सह्राहना गरे ।

अध्यक्ष पन्तका अनुसार भट्टराईले पनि खाना खुवाउन सहयोग गर्ने आश्वासन गरेका छन् । ‘फोन गरेर भेट्न आउनू, के सहयोग गर्नुपर्छ म गर्छु भन्नुभएको छ’ पन्तले भने

प्रकाशित मिति २०७७ असोज १४ गते बुधबार ०४:५०
हजुरको प्रतिक्रिया