२०८३ साउन २१ गते बिहीबार

जुडोका खेल मंगलबारदेखि, १५ स्वर्णमा प्रतिस्पर्धा

जुडोका खेल मंगलबारदेखि, १५ स्वर्णमा प्रतिस्पर्धा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज ३१ गते सोमबार ०५:४५

पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडोका खेल मंगलबारदेखि सुरु हुँदैछन् । पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा खेल हुनेछ । सोमबार खेल तालिका सार्वजनिक गरिएको छ । १५ इभेन्टमा प्रतिस्पर्धा हुने नेपाल जुडो...

पोखरा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडोका खेल मंगलबारदेखि सुरु हुँदैछन् । पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा खेल हुनेछ ।

सोमबार खेल तालिका सार्वजनिक गरिएको छ । १५ इभेन्टमा प्रतिस्पर्धा हुने नेपाल जुडो संघका खेल निर्देशक सुप्रसिद्ध ताम्राकारले जानकारी दिए । उनका अनुसार व्यक्तिगततर्फ महिला पुरुषको ७÷७ इभेन्ट हुनेछ ।

व्यक्तिगत इभेन्टमा सात प्रदेशसँगै, तीन विभागिय र एनआरएनएका गरेर १५७ खेलाडीको सहभागिता रहने ताम्राकारले बताए । मिक्स टिम इभेन्टको एक खेल हुनेछ । मिक्स टिम इभेन्टमा आठ समूह सहभागी छन् ।

पुरुषतर्फ ६०, ६६, ७३, ८१, ९०, १०० केजीमुनि र १०० केजीमाथि उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । ४८, ५२, ५७, ६३, ७०, ७८ केजीमुनि र ७८ केजीमाथि उमेर समूहमा महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

१५ स्वर्ण र १५ रजतका लागि खेलाडी भिड्नेछन् । ३० कास्य पदक वितरण हुनेछ । प्रतियोगिताको पूर्वसन्ध्यामा सोमबार खेलाडीको तौल परीक्षण गरिएको छ । मंगलबार बिहान ८ बजेदेखि खेल सुरु हुनेछ ।

प्रकाशित मिति २०७९ असोज ३१ गते सोमबार ०५:४५
हजुरको प्रतिक्रिया