२०८३ साउन २१ गते बिहीबार

एथ्लेटिक्स महिला लङजम्पमा जयरानीको कीर्तिमान

एथ्लेटिक्स महिला लङजम्पमा जयरानीको कीर्तिमान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १ गते मंगलबार १२:४०

उनले पोखरा रंगशालामा ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एथ्लेटिक्स महिला लङजम्पमा आर्मीकी जयरानी थारुले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । उनले पोखरा रंगशालामा ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।

उक्त इभेन्टमा यसअघि गत असारमा निशा चौधरीले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले २०१८ मा राखेको ५४५ मिटर जम्पको कीर्तिमानलाई भंग गरेकी थिइन् ।

लुम्बिनीकी निशा चौधरीले ५.४९ मिटर जम्प गर्दै रजत तथा एपीएफकी शिला चौधरीले ५.३१ मिटर जम्प गर्दै काँस्य जितिन् ।

प्रकाशित मिति २०७९ कात्तिक १ गते मंगलबार १२:४०
हजुरको प्रतिक्रिया