२०८३ असोज २३ गते शुक्रबार

सडकमा लत्रिएको तारबाट करेन्ट लागेर बालिकाको मृत्यु

सडकमा लत्रिएको तारबाट करेन्ट लागेर बालिकाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २ गते बुधबार १२:०८

कच्ची सडकमा लत्रिएको विद्युतीय प्रवाह भएको तारमा छुन पुग्दा बालिकालाई करेन्ट लागेको प्रहरीको भनाइ छ ।

दैलेख

दैलेखको गुराँस गाउँपालिका–४ चिसापानी घर भएकी १३ वर्षीया दिपीका नेपालीको करेन्ट लागेर निधन भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मामाघर गएकी बालिकालाई कच्ची सडकमा लत्रिएको बिजुली तारबाट करेन्ट लागेको थियो । करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

 

मामाघरदेखि नजिकै रहेको फुपुको घरमा जान लागेको बेला कच्ची सडकमा लत्रिएको विद्युतीय प्रवाह भएको तारमा छुन पुग्दा बालिकालाई करेन्ट लागेको प्रहरीको भनाइ छ । उनको शव दैलेख जिल्ला अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति २०७९ कात्तिक २ गते बुधबार १२:०८
हजुरको प्रतिक्रिया