२०८३ साउन २१ गते बिहीबार

खोखोमा सुदूरपश्चिम र बागमतीलाई कास्य

खोखोमा सुदूरपश्चिम र बागमतीलाई कास्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ३ गते बिहीबार १२:३५

सुदूरपश्चिमले १०–८ को झिनो अंकसहित प्रदेश १ लाई पराजित गरेको हो ।

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत खोखो प्रतियोगितामा सुदूरपश्चिम र बागमती प्रदेशले कास्य पदक जितेका छन् । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा भएको तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा महिलामा सुदूरपश्चिम र महिलातार्फ सुदूरपश्चिमले जितेका हुन् ।

खोखोअन्तर्गत बिहीबार भएको पहिलो खेलमा सुदूरपश्चिमको महिला टिमले प्रदेश १ लाई हराउँदै कास्य पदक हात पारेको हो । सुदूरपश्चिमले १०–८ को झिनो अंकसहित प्रदेश १ लाई पराजित गरेको हो । बिहीबार नै तेस्रो स्थानका लागि भएको पुरुष प्रतिस्पर्धामा बागमती प्रदेशले जित निकालेको छ ।

बागमतीले प्रदेश नं १ लाई २८–७ अंकसहित पराजित गर्दै कास्य पदक हात पारेको हो । खोखोको फाइनलमा महिला पुरुष दुवैमा विभागीय टिम नेपाल आर्मी र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ । राउन्डरोबिन लिग आधारमा असोज ३० गते सुरु भएको खोखो प्रतियोगिता बिहीबार सकिँदैछ । खोखोमा २ विभागीयसहित ९ टिम सहभागी थिए ।

प्रकाशित मिति २०७९ कात्तिक ३ गते बिहीबार १२:३५
हजुरको प्रतिक्रिया