२०८३ साउन २१ गते बिहीबार

सत्ता साझेदार दलका शीर्ष नेता पोखरामा, आज प्रशिक्षण कार्यक्रममा सहभागी हुने

सत्ता साझेदार दलका शीर्ष नेता पोखरामा, आज प्रशिक्षण कार्यक्रममा सहभागी हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ४ गते शुक्रबार ०७:५८

कात्तिक १७ अघि चुनावी सभा गरे उम्मेदवारी खारेज गर्ने चेतावनी निर्वाचन आयोगले दिएपछि दलहरुले प्रशिक्षण कार्यक्रम गर्न लागेका हुन् ।

पोखरा

नेपाली कांग्रेसको नेतृत्वकाे सत्ता गठबन्धनले आज पोखारमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । पोखरा सभागृहमा हुने कार्यक्रममा सत्ता साझेदार दलका शीर्ष नेताहरुले प्रशिक्षण दिनेछन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतले प्रदेशस्तरीय प्रशिक्षण दिने भएका हुन् । पोखरा सभागृहमा बिहान ११ बजेबाट प्रशिक्षण सुरु हुने नेपाली कांग्रेस गण्डकीका कार्यालय सचिव प्रकाश बरालले बताए ।

प्रधानमन्त्री देउवा र नेकपा एसका अध्यक्षा माधव नेपाल पोखरा आइसकेका छन् । निर्वाचन आयोगले कात्तिक १७ सम्म सभा नगर्न भनेपछि गठबन्धनका दलले चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम आयोजना गरेका हुन् ।

गठबन्धनले देशका ७ सहरमा चुनावी सभा गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर कात्तिक १७ अघि चुनावी सभा गरे उम्मेदवारी खारेज गर्ने चेतावनी निर्वाचन आयोगले दिएपछि दलहरुले प्रशिक्षण कार्यक्रम गर्न लागेका हुन् ।

प्रशिक्षणमा गण्डकी प्रदेश कार्यक्षेत्र भएका पार्टीका केन्द्रीय सदस्य, प्रदेश समिति सदस्यहरु, जिल्ला पदाधिकारी र गण्डकीबाट पार्टीको केन्द्रीय भूमिकामा रहेका पदाधिकारीहरु सहभागी हुने एकीकृत समाजवादीका कास्कीका उपाध्यक्ष पूर्ण लामाले बताए ।

 

प्रकाशित मिति २०७९ कात्तिक ४ गते शुक्रबार ०७:५८
हजुरको प्रतिक्रिया