पोखरा
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एउटै दलको बुहमत नआउने भएरै गठबन्धन गरेको बताएका छन् ।
पाँच दलीय गठबन्धनले आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विगतको भन्दा अहिलेको चुनावको विशेष महत्व रहेको बताए । उनले भने,‘गठबन्धन आजको आवश्यकता हो । कुनै किसिमको शंका, तिक्तता लिनु हुँदैन ।’
उनले गठबन्धनका उम्मेदवारलाई जिताउने गरी चुनावी प्रचारमा लाग्न कार्यकर्तालाई अनुरोध गरे । शीर्ष नेताहरु मिलेकाले तलका नेताहरुलाई पनि मिलेर जान उनले आग्रह गरेका छन् । ‘आज देउवा प्रधानमन्त्री छ, भोलि प्रचण्ड, माधवजी हुनुहोला, हिजोको कुरा गरेर काम छैन,’उनले भने,‘अहिलेको चुनावको धेरै महत्व छ । यो चुनावले देशलाई सुदृढीकरण गर्दै, राष्ट्रिय एकता स्थापना गर्नेमा विस्वस्त छु ।’
प्रकाशित मिति २०७९ कात्तिक ४ गते शुक्रबार ०१:५२