२०८३ साउन २१ गते बिहीबार

निर्वाचनका लागि मतपत्रको पृष्ठभूमि रङ सेतो

निर्वाचनका लागि मतपत्रको पृष्ठभूमि रङ सेतो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ५ गते शनिबार १२:३९

हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कुल १ करोड ५१ लाख २४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।

पोखरा

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्रको पृष्ठभूमि रङ्ग सेतो रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिन्ह र अन्य विवरणका लागि कालो रङ्ग प्रयोग भएको छ । भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिन्ह र अन्य विवरणको रङ्ग रातो मसिको रहेको छ

निर्वाचन आयोगले शुक्रबारसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न गरेको छ । तिहारअघि थप छ वटा जिल्लाको मतपत्र ढुवानी गरिने छ । बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लाको मतपत्र भने तिहारपछि मात्र ढुवानी हुनेछ

पछिल्लो विवण अनुसार हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कुल १ करोड ५१ लाख २४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । जसमध्ये प्रदेश सभाका लागि ७५ लाख २५ हजार र प्रतिनिधि सभातर्फ ७५ लाख ९९ हजार मतपत्र रहेका छन् । हालसम्म प्रतिनिधि सभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा, अछाम, कैलाली, कञ्चनपुर, रोप्पा, प्यूठान, दाङ, रुकुम पूर्व, अर्घाखाँची, गुल्मी, बर्दिया र नवलपरासी पश्चिमलगायतका जिल्लाहरूको मतपत्र छपाइ सम्पन्न भएको छ ।

प्रकाशित मिति २०७९ कात्तिक ५ गते शनिबार १२:३९
हजुरको प्रतिक्रिया