राजस्थान ८ विकेटले पराजित
पाेखरा । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राेयल च्यालेन्जर्स बैगलाेरले राजस्थान राेयल्सलाइ ८ विकेटकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ । जितसंगै आरसिबी अंकतालिकाकाे शिर्षस्थानमा पुगेकाे छ । लिगकाे ४ खेल खेलेकाे आरसिबीले ३ मा जित र एकमा हारसहित ६ अंक बटुलेर शिर्षस्थानमा पुगेकाे हाे ।
टस जितेर पहिले ब्याटिङकाे निर्णय गरेकाे राजस्थानले २० ओभर खेल्दै ६ विकेटकाे क्षतिमा १५४ रन बनायाे । राजस्थानका लागि महिपाल लाेमररले सर्वाधिक ४७ रन जाेडे भने राहुल टेवातियाले २४, राेबिन उथप्पाले १७, रियान पराग र जाेफ्रा आर्चरले समान १६ रन बनाए ।
राजस्थानलाइ खुलेर खेल्न नदिएका आरसिबीका बलरमध्ये युजबेन्द्र चहलले ३ विकेट हात पारे । यस्तै, इसुरू उडनाले २ तथा नवदिप सैनीले १ विकेट हात पारे ।
१५५ रनकाे लक्ष्यसहित मैदान उत्रेकाे आरसिबीका लागि कप्तान बिराट काेहलीले शानदार ७२ रनकाे नटआउट पारी खेले । काेहलीकाे पारीमा २ छक्का र ७ चाैकासमेत सामेल थियाे । आरसिबीका लागि यूवा खेलाडी देबदत्त पडिक्कलले ६ चाैका र एक छक्कासहित ६३ रनकाे पारी खेलेपछि खेल राजस्थानकाे पाेल्टाबाट आरसिबीले खाेस्याे । आरसिबीका लागि एबी डिभिलियर्सले नटआउट १२ रन जाेडेका थिए ।
राजस्थानका लागि जाेफ्रा आर्चर र श्रेयस गाेपालले समान एकएक विकेट हात पारे ।
प्रकाशित मिति २०७७ असोज १७ गते शनिबार ०८:५६




