२०८३ असोज २३ गते शुक्रबार

खेल रद्द हुदाँ दक्षिण अफ्रिका र जिम्बावेले टी–२० विश्व कपमा अङ्क बाँडे

खेल रद्द हुदाँ दक्षिण अफ्रिका र जिम्बावेले टी–२० विश्व कपमा अङ्क बाँडे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ७ गते सोमबार ०७:०३

खेल पटक–पटक वर्षाले प्रभावित हुँदा दक्षिण अफ्रिकाले सात ओभरमा ६४ रनकाे लक्ष्य पाएकाे थियाे ।

आईसीसी टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिका र जिम्बावेले अङ्क बाँडेका छन् । आज साेमवार भएकाे सुपर १२ काे समूह बी काे दाेस्राे खेल वर्षाले रद्द भएपछि दक्षिण अफ्रिका र जिम्बावेले एक/एक अङ्क बाँडेका हुन् ।

यसअघि नाै ओभरमा झारिएकाे खेलमा जिम्बावेले पाँच विकेट गुमाएर ७९ रन बनाएकाे थियाे । उसका विस्ले मेधेभिरेले नटआउट ३५ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले दुई विकेट लिए ।

खेल पटक–पटक वर्षाले प्रभावित हुँदा दक्षिण अफ्रिकाले सात ओभरमा ६४ रनकाे लक्ष्य पाएकाे थियाे । दक्षिण अफ्रिकाले तीन ओभरमा विना विकेट ५१ रन बनाउँदा फेरि पानी पर्न थालेपछि दुवै टाेलीले अङ्क बाँडेका हुन् । उसका क्विन्टन डी कक ४७ रनमा नटआउट रहे ।

याे बराबरीसँगै दक्षिण अफ्रिका तेस्राे स्थानमा र जिम्बावे चाैथाे स्थानमा रहेकाे छ । 

प्रकाशित मिति २०७९ कात्तिक ७ गते सोमबार ०७:०३
हजुरको प्रतिक्रिया