२०८३ साउन २१ गते बिहीबार

अपडेट गण्डकी प्रदेशमा कोरोनाका कारण थप १ जनाको मृत्यु, ८१ संक्रमित थपिए

अपडेट गण्डकी प्रदेशमा कोरोनाका कारण थप १ जनाको मृत्यु, ८१ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १८ गते आइतबार १२:३२

पोखरा । गण्डकी प्रदेशमा आइतबार १ जनाको मृत्युसहित थप ८१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार भरतपुर अस्पतालको कोभिड आइसियुमा उपाचाररत विनय त्रिवेणी गाँउपालिक, दुम्किबासका...

प्रदेशमा मृतकको संख्या ३४ पुग्यो, कुल संक्रमित संख्या ४ हजार ९७

पोखरा । गण्डकी प्रदेशमा आइतबार १ जनाको मृत्युसहित थप ८१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार भरतपुर अस्पतालको कोभिड आइसियुमा उपाचाररत विनय त्रिवेणी गाँउपालिक, दुम्किबासका ३६ वर्षिय पुरुषको हिजो शनिबार दिँउसो मृत्यृ भएको हाे । अस्पतालका अनुसार उनले लामो समयदेखि मुटु र कलेजको उपचार गराइरहेका थिए । योसँगै प्रदेशमा मृत्यृ हुनेको संख्या ३४ पुगेको छ ।

आइतबार प्रदेशका नवलपरासी, तनहुँ, लमजुङ, गोरखा, स्याङ्जा र बागलुङ गरि ६ जिल्लाका ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासीको मध्यबिन्दु अस्पतालका ५ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित ५ जनामध्ये २ जना अस्पतालको ल्याबमा कार्यरत कर्मचारी छन भने १ जना अनमीमा संक्रमण पुष्टि भएको हो । यस्तै, अस्पतालका सहयोगी २ कर्मचारीलाइ समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । पछिल्लो समय बर्दघाट सुस्तापूर्ब नवलपरासीमा काेरोनाको संक्रमण भुसको आगो झै फैलिएको छ । आइतबार नवलपरासीमा मात्र ५२ जना संक्रमित बनेका छन ।

यस्तै, आइतबार संक्रमित हुनेहरुमा तनहुँका १८ जना, लमजुङका ५ जना, स्याङ्जाका २ जना, बाग्लुङ्का ३ जना, गोरखाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोराेना भाइरसका कारण संक्रमित हुनेको संख्या ४ हजार ९७ पुगेको छ ।

प्रकाशित मिति २०७७ असोज १८ गते आइतबार १२:३२
हजुरको प्रतिक्रिया