पोखरा
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार बिहीबार सकिएको छ । पाँच दिनसम्म मनाइने तिहारमा अन्तिम दिन भाइटीका लगाइन्छ ।
बिहीबार स्वदेश तथा विदेशमा रहेका नेपालीले भाइटीका लगाएका छन् । तर, तिहारको बिदा मिलाउन सरकारी कार्यालयहरू आज पनि बन्द छन् ।तिहार बिहीबार सकिएपनि सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ ।
टीका लगाउन आ—आफ्नो थातथलो पुगेकाहरु कार्यथलो फर्कन नभ्याउने र कात्तिक १२ गते शनिबार भएको कारण सरकारले एक दिन तिहारको बिदा थपेको हो । आइतबार छठ पर्व परेकाे छ । सरकारी कार्यालय साेमाबार मात्र खुल्ने भएका छन् ।
प्रकाशित मिति २०७९ कात्तिक ११ गते शुक्रबार ०७:२५